सर्वोच्चद्वारा ‘जनयुद्ध दिवस’को बिदाविरुद्धको रिट दर पीठ « प्रशासन
Logo १४ जेष्ठ २०८०, आइतबार
   

सर्वोच्चद्वारा ‘जनयुद्ध दिवस’को बिदाविरुद्धको रिट दर पीठ


१३ चैत्र २०७९, सोमबार


काठमाडौँ । सर्वोच्च अदालतले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्धको रिट दर पीठ गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाइ सोमबार लगेको रिट सर्वोच्चले दर पीठ गरेको हो ।

दर पीठ आदेशमा भनिएको छ, ‘राज्यको कार्यकारी निकायबाट कहिले बिदा दिने वा कहिले नदिने, कुन दिवस वा उत्सव मनाउने वा कुन नमनाउने भन्नेजस्ता सरकारको नीतिगत विषयमा निर्णय गर्न सक्ने देखिएको अवस्थामा सरकारले जनयुद्ध दिवसमा बिदा दिने निर्णय गरेको मिलेन बदर गरिपाउँ भनी निवेदन ल्याएकोमा उक्त निर्णयमा नीतिगत प्रश्न समावेश रहेकोले यो विषय अदालतबाट न्याय निरूपण हुन सक्ने नदेखिँदा प्रस्तुत रिट निवेदन दर्ता गर्न मिलेन ।’

हेर्नुस् सर्वोच्चले दर पीठ गरेको आदेश :

Tags :
प्रतिक्रिया दिनुहोस