‘नेपाललाई आँखा उपचारको गन्तव्य मुलुकको रूपमा विकास गर्नुपर्छ’ « प्रशासन
Logo १४ जेष्ठ २०८०, आइतबार
   

‘नेपाललाई आँखा उपचारको गन्तव्य मुलुकको रूपमा विकास गर्नुपर्छ’


१३ चैत्र २०७९, सोमबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखाको उपचारका लागि गन्तव्य मुलुकको रूपमा विकास गर्नुपर्ने बताएका छन्।

सोमबार नेत्र ज्योति दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारसँग सहकार्य गरेर नेपाललाई आँखा उपचारको गन्तव्य मुलुकको रूपमा विकास गर्न पनि नेपाल नेत्र ज्योति सङ्घलाई उनले आग्रह गरे।

सभामुख घिमिरेले सङ्घले नेपालको दूर दराजमा पुगेर अन्धोपना हुनबाट जोगाउन खेलेको भूमिकाको प्रशंसा गर्दै सो कामका लागि आफूले पनि सक्दो सहयोग गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस