देश जहाँ छोयो त्यहीँ फाटेको छ : मन्त्री किराती « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

देश जहाँ छोयो त्यहीँ फाटेको छ : मन्त्री किराती


१३ चैत्र २०७९, सोमबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले देश जहाँ छोयो त्यहीँ नै फाटेको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौँमा आयोजित ६२ औँ रङ्गमञ्च दिवसको अवसरमा उनले १० वर्ष सांसद भइसक्दा आफूले देशको बारेमा सबै कुरा बुझेको जस्तो अनुभव भए पनि मन्त्री बनेर काम गरिरहँदा सोचेभन्दा धेरै फरक पाएको बताए ।

उनले भने, ‘देश जहाँ छोयो त्यहीँ फाटेको छ, बनाउन सजिलो छैन । १० वर्ष सांसद भएर जति बुझेका थिएँ, बुझेजस्तो लाग्थ्यो, मन्त्री भएर कुर्सीमा आएर जे देखेँ, जे देख्दै छु, देश अर्कै रहेछ । अझै अर्को रहेछ’ उनले भने, ‘म बस्ने कुर्सी आगोको कुर्सी हो, मैले कुदाउने घोडा बाघको घोडा हो हात्तीको होइन । हामी युगको परीक्षा दिँदै छौँ । व्यक्तिको होइन । हामी फेल भयौँ भने युग फेल हुन्छ । १२ कक्षा पढेपछि नेपाली विद्यार्थीहरू विदेश जान्छन्, किनभन्दा रोजगार छैन भनेर होला जस्तो लाग्थ्यो तर होइन रहेछ । हामी त बेरोजगार भएर मात्रै विदेश गएका होइन रहेछौँ, सुखपूर्ण जीवन छोडेर पनि विदेश जानुको कारण हाम्रो शिक्षामा विष परेको छ । स्वदेशको सपना मरिसकेछ हाम्रो शिक्षा र संस्कृतिमा । शिक्षा र संस्कृतिमा हामीले स्वदेशी सपनाको मृत्यु हुने विष हालिसकेका रहेछौँ ।

Tags :
प्रतिक्रिया दिनुहोस