इम्बोस्ड नम्बर नेपालीमा राख्ने कार्य योजना अघि बढाएका छौँ : नारायणकाजी श्रेष्ठ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

इम्बोस्ड नम्बर नेपालीमा राख्ने कार्य योजना अघि बढाएका छौँ : नारायणकाजी श्रेष्ठ


१३ चैत्र २०७९, सोमबार


काठमाडौँ । सरकारले इम्बोष्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्य योजना अघि बढाएको छ ।

सोमबार मन्त्रालयको कार्य प्रगति विवरणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको समेत निर्देशनमा त्यस कामलाई सुरु गरिएको बताएका हुन् ।

नेपाली समाज र सरकारी निकायले धेरै पटक भनेपछि मन्त्रालयले सो कामलाई अघि बढाउने गरी कार्य योजना बनाएको उनले उल्लेख गरे।

उनले भने, ‘सवारी साधनहरूमा राखिने इम्बोष्ड नम्बर सरकारी तहमा पनि, नेपाली समाजमा पनि धेरै पटक नेपालीमा राख्नुपर्छ भनेर पनि बहस हुने गरेकै हो । प्रारम्भमा त्यसबारेमा प्रक्रिया अघि बढेको पनि हो। अहिले अङ्ग्रेजीमा छ। तर हाम्रो मन्त्रालयले अहिले प्रधानमन्त्री समेतको परामर्श र निर्देशनमा इम्बोष्ट नम्बर प्लेटलाई नेपालीमा पनि राख्ने कार्य योजना अगाडि बढाएको छ। त्यसका लागि सम्बन्धित एजेन्सीसँग पनि हामी छलफलको प्रक्रियामा छौँ । त्यो प्रक्रिया अघि बढाउने कार्य योजना बनाएर हामी त्यसलाई तीव्रता प्रदान गर्न गइरहेका छौँ।’

Tags :
प्रतिक्रिया दिनुहोस