गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी


१३ चैत्र २०७९, सोमबार


काठमाडौँ । गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

कुटपिटको आरोपमा एक व्यक्तिले उनीविरुद्ध प्रहरी वृत्त महाराजगन्जमा उजुरी दिएका हुन् ।

गायक दुर्गेशले आफू भोलि प्रहरी कार्यालयमा उपस्थित हुने प्रहरीलाई जानकारी गराएका छन् ।

दुर्गेश उपस्थित भएपछि आरोपित र उनीसित छलफल गरी थप प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस