सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


१३ चैत्र २०७९, सोमबार


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ ।

आज तोलामा २०० ले घटेर १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो (आइतबार) १ लाख ९ हजार २ सय रुपैयाँ प्रतितोला कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाँले घटेर तोलामा १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यस्तैगरी चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस