‘आदर्श र मूल्य मान्यताको राजनीति बिर्सिएका त छैनौँ’ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

‘आदर्श र मूल्य मान्यताको राजनीति बिर्सिएका त छैनौँ’


१३ चैत्र २०७९, सोमबार


काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संस्थापक नेताहरुले देखाएको बाटोमा वर्तमान कांग्रेस नेताहरु हिँड्नुपर्ने बताएका छन् ।

सोमबार बिहान काठमाडौँमा पूर्वमन्त्री स्व.नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रममा बोल्दै नेता सिंहले मूल्य मान्यता र आदर्शको राजनीतिमा नेताहरु हिँड्न आवश्यक रहेको बताएका हुन् ।

२०४६ सम्म मूल्य मान्यता र आदर्शको राजनीतिमा बढी जोड समाज र दलहरुले दिएको उल्लेख गर्दै २०४६ को परिवर्तनपछि संस्थापक नेताहरुले देखाएको बाटोमा कांग्रेस नेताहरु कत्तिको हिँडेका छौँ भन्ने कुराको मनन गर्न आवश्यक रहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस