खप्तड गोल्डकप : आज मनाङ र बागमती भिड्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खप्तड गोल्डकप : आज मनाङ र बागमती भिड्दै


१३ चैत्र २०७९, सोमबार


काठमाडौँ । धनगढीमा जारी छैटौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा आज मनाङ मर्स्याङ्दी क्लब र बागमती युवा क्लब सर्लाहीबीच प्रतिस्पर्धा हुँदैछ ।

धनगढी रङ्गशालामा हुने मनाङ र बागमतीबीचको खेल दिउँसो साँढे ३ बजे सुरु हुनेछ । यस खेलको विजेताले सेमिफाइनलमा एभिनरसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा आयोजकसहित ६‘ए’ डिभिजन, दुई विदेशी टोली र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ ।

मोफसलको सर्वाधिक पुरस्कार राशिको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस