सन्दीपविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सन्दीपविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै


१३ चैत्र २०७९, सोमबार


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।

‘फास्ट ट्र्याक’बाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौँमा आजलाई अन्तिम सुनुवाइको पेसी तोकिएको छ ।

शुक्रवार मात्रै सन्दीपविरुद्ध मुद्दा दायर गरेकी जाहेरवालीले अन्तरिम राहत माग गर्दै दिएको निवेदनमा अदालतले हालै राहत दिनु नपर्ने गरी फैसला गरेको थियो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले मुद्दा अन्तिमतिर आइसकेकाले मुद्दाको टुङ्गो लाग्दा नै राहत तथा क्षतिपूर्ति दिने निर्णय हुने भएकाले अन्तरिम राहत दिनु नपर्ने आदेश गरेको थियो ।

सन्दीपविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । सन्दीपले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटलमा लगेर पटक पटक बलात्कार गरेको अभियोग पत्रमा उल्लेख छ । नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो ।

कात्तिक १८ गते जिल्ला अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । तर, जिल्लाको आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन पुगेका थिए । पुनरावेदन सुनुवाइमा उच्च अदालतले सन्दीपलाई विदेश जान नपाउनेसहित विभिन्न सर्त राखेर २० लाख धरौटीमा रिहा गरेको थियो ।

तर, सन्दीपले विदेश जान अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सर्वोच्चले विदेश जान नपाउने सर्तलाई बदर गर्दै धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशलाई सदर गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस