प्रचण्डले धोका दिए : विष्णु पौडेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रचण्डले धोका दिए : विष्णु पौडेल


१२ चैत्र २०७९, आइतबार


सुर्खेत। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धनको भविष्य नभएको बताएका छन् ।

ग्रासरुट अभियान लिएर अछाम जाने क्रममा सुर्खेत विमानस्थलमा उपाध्यक्ष पौडेलले गठबन्धनको भविष्य नभएको बताएका हुन् ।

अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित रहेको बताउँदै उनले भने, ‘यो गठबन्धनबाट देशको भविष्य छैन ।’ उनले भने,‘यो सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन सक्दैन ।’

प्रचण्डले धोका दिएको उपाध्यक्ष पौडेलले बताए । ‘निर्वाचनको नतिजाअनुसार प्रतिपक्षमा बस्ने तयारी गरे पनि राजनीतिक समीकरण बदलिने स्थिति आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकारमा गएको थियौँ । त्यो बेला नै केही समझदारीका साथ सरकारमा गएको हो । प्रचण्डले धोका दिनुभयो । अब हामीले एमालेको एकल बहुमतको सरकार बनाउने गरी अहिले अभियान सञ्चालन भएको छ । अहिले एमालेका नेता तथा कार्यकर्ता गाउँ–गाउँमा जानुभएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस