देशलाई अनुशासित र स्वच्छ प्रहरी आवश्यक छ : गृहसचिव सिंह « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

देशलाई अनुशासित र स्वच्छ प्रहरी आवश्यक छ : गृहसचिव सिंह


१२ चैत्र २०७९, आइतबार


काठमाडौँ । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरी आवश्यक रहेको बताएका छन्।

उनले आइतबार गृह मन्त्रालयमा नवनियुक्त प्रहरी महानिरीक्षक(आजीपी)वसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै यस्तो बताएका हुन्।

उनले अनुशासित, स्वच्छ र व्यावसायिक प्रहरीले मात्रै अहिलेको समस्याको समाधान गर्ने उल्लेख गरे। समाजमा प्राविधिक गतिविधिहरूमार्फत अपराधका घटनामा वृद्धि भइरहेकाले त्यसको समाधान गर्न प्रहरी प्रशासनमा आत्मविश्वास र अठोटको आवश्यकता रहेको उनले भने ।

‘अहिले अनुशासित र स्वच्छ प्रहरी हामीलाई चाहिएको छ। व्यावसायिक प्रहरी हामीलाई चाहिएको छ। धेरै बाधाहरू छन् हामीलाई थाहा छ, व्यावसायिक प्रहरी भन्ने बित्तिकै तालिमको कुरा छ, अन्य कुराहरू छन्, नयाँ प्रविधिको कुरा छ। तर यी समस्या समाधानका लागि पदमा बस्ने कर्मचारीहरूको मनोबल र अठोट हुने हो भने त्यसमा पनि राम्रो गर्न सकिन्छ। ‘उनले भने,’ अनुशासनहीनतालाई, लापरबाहीलाई र भ्रष्टाचारजन्य क्रियाकलापहरूलाई शून्य सहनशीलता बनाउनु हुनेछ। मन्त्रालय देखिने गरी सुधार भएको हेर्न चाहन्छ। विगतमा सुधारका क्रमहरू चलेका छन्, तर त्यो सुधार अझै पनि पूर्ण भएको जस्तो लाग्दैन। आन्तरिक सुदृढीकरण प्रमुख आधार रहेको छ। हामी समाजका बेथितिहरू, अन्य गलत क्रियाकलाप नियन्त्रण गर्नलाई हामी आफैँ कति सक्षम र सुदृढ छौँ भन्ने कुराले महत्त्व राख्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस