जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : पौडेल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : पौडेल


१२ चैत्र २०७९, आइतबार


काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले यो सरकारले समृद्धि दिन नसक्ने दाबी गरेका छन् ।

सुर्खेतमा पत्रकारहरूसँग कुराकानी गर्दै पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको अवस्थामा समृद्धि अपेक्षा गर्न नसक्ने बताएका हुन् । अहिले सत्ता गठबन्धनको तमासा जनताले हेरिरहेको उनले बताए ।

‘हामी सुन्दैछौं ठूलो संख्यामा उपप्रधानमन्त्री दाबी भइरहेको छ । जनताले गठबन्धनको तमासा हेरिरहेका छन् ,’ पौडेलले भने । सरकार बिस्तार गर्न नपाउँदै प्रधानमन्त्री समस्यामा परेका पौडेलको धारणा छ । पौडेलले अहिले निर्माण भएको गठबन्धनको सरकारमा विदेशी हस्तक्षेप भएको दाबी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस