अर्थतन्त्र बलियो बनाउन सरकार र निजी क्षेत्र एक हुनु पर्छ : सभामुख « प्रशासन
Logo १६ जेष्ठ २०८०, मंगलबार
   

अर्थतन्त्र बलियो बनाउन सरकार र निजी क्षेत्र एक हुनु पर्छ : सभामुख


११ चैत्र २०७९, शनिबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि सरकार र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताएका छन्।

शनिवार धुलिखेलमा भएको नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको पाँचौँ साधारण सभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि सरकार, संसद र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताएका हुन्।

वर्तमान परिस्थितिलाई चाँडै अन्त्य गर्नको लागि सरकार,संसद,सांसद र निजी क्षेत्रको भूमिका एक ठाउँ ल्याउन आवश्यक रहेको उनको भनाइ थियो।

उनले व्यवसायीहरूलाई व्यवसाय चलायमान बनाउन उत्साहित तथा प्रोत्साहन गर्नुपर्ने भन्दै त्यस्तो काम हुन नसकेको उल्लेख गरे। उनले यस्तो अवस्थामा एकतर्फी रूपमा बैंकको ब्याजदर वृद्धि गर्न नहुने बताए।

सभामुख घिमिरेले व्यवसायीहरूको आन्दोलन भन्दा वार्ताका माध्यमबाट समस्या समाधानको लागि भूमिका खेल्न आवश्यक रहेको उल्लेख गरे। उनले देशको अर्थतन्त्रमा गम्भीर स्थिति देखा परेको भन्दै त्यसको सामना गर्नको लागि सबैले आ– आफ्नो ठाउँबाट लाग्न जरुरी रहेको प्रस्ट पारे।

उनले पछिल्लो समय बैंकको ब्याजदर वृद्धि लगायत व्यवसायीहरूका अन्य समस्या समाधान गर्नको लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए।

Tags :
प्रतिक्रिया दिनुहोस