मुख्यमन्त्री खगराज अधिकारीसँग काँग्रेसले माग्यो राजीनामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मुख्यमन्त्री खगराज अधिकारीसँग काँग्रेसले माग्यो राजीनामा


११ चैत्र २०७९, शनिबार


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई नेपाली काँग्रेसले राजीनामा दिन आग्रह गरेको छ ।

नेकपा माओवादी केन्द्रले सरकार छाडेर समर्थन पनि फिर्ता लिएको भोलिपल्ट काँग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले शनिबार पत्रकार सम्मेलन गरी मुख्यमन्त्रीलाई राजीनामा दिन आग्रह गरेका हुन् ।

गण्डकीमा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको समर्थनमा एमालेका अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए ।

‘अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नरहेको अवस्थामा जतिसक्दो छिटो मार्ग प्रशस्त गर्नु नै प्राकृतिक हुनेछ, प्रदेशको हितमा हुनेछ । कामचलाउ सरकारले आर्थिक दायित्व सिर्जना गर्ने र कर्मचारी नियुक्ति सरुवा बढुवा लगायतको काम गर्नु न्यायसङ्गत मानिँदैन,’ पाण्डेले विज्ञप्तिमा भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस