अर्थमन्त्रीको प्रस्ताव आएको छैन : महामन्त्री थापा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अर्थमन्त्रीको प्रस्ताव आएको छैन : महामन्त्री थापा


११ चैत्र २०७९, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन् ।

शनिबार रुपन्देहीमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री प्रचण्ड र पार्टी सभापति शेरबहादुर देउवाले अर्थमन्त्रीका विषयमा कुनै प्रस्ताव नगरेको बताएका हुन् ।

उनले भने, ‘मलाई प्रधानमन्त्रीले अर्थमन्त्री बन्न भन्नुभएको, सभापतिले भन्नुभएको होइन है, मलाई कसैले बोलाएर केही भनेको छैन । अर्थमन्त्री बन्न भनेको, भन्दाभन्दै नगरेको पो हुन थाल्यो कि ! किनकि आजसम्म कसैले मलाई बोलाएर केही दिएकै छैन, मैले जे पाएको छु लडेर पाएको छु । मलाई बोलाएर कसरी गर्नुहुन्छ, के गर्नुहुन्छ भनेर सोध्नुहुन्छ भन्ने लागेको पनि छैन । मलाई के छ भने २०८४ मा नेपाली काँग्रेस यस्तो बनाउनुपर्ने छ कि जति वटा मोर्चा बने पनि बनोस्, १६५ का १६५ निर्वाचन क्षेत्रमा कसैलाई मत हाल्नु नपरोस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस