नेपालमा राजश्व सङ्कलन ५० वर्षयताकै निराशाजनक : विष्णु पौडेल « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नेपालमा राजश्व सङ्कलन ५० वर्षयताकै निराशाजनक : विष्णु पौडेल


११ चैत्र २०७९, शनिबार


बुटवल । नेकपा एमालेका नेता विष्णु पौडेलले नेपालमा राजश्व सङ्कलनको अवस्था ५० वर्षयताकै निराशाजनक रहेको बताएका छन् ।

शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले अहिलेको राजश्वले साधारण खर्च समेत धान्न नसक्ने बताएका हुन् ।

उनले भने, ‘यस्तो निराशाजनक अवस्था केही वर्ष यता थिएन । २०२४/२५ सालमा अघिल्लो वर्षको तुलनामा नगन्य मात्रामा कम राजश्व सङ्कलन भएको इतिहास छ, सोही घटना चालु आर्थिक वर्षमा दोहोरिएको छ ।’ पौडेलले मुलुकको आर्थिक अवस्था जटिल र सङ्कटपूर्ण रहेको बताउँदै अब सबै मिलेर समाधान खोज्नुपर्ने बताए ।

उनले मुलुकको सङ्कटपूर्ण आर्थिक अवस्थालाई मध्यनजर गरेर जिम्मेवार दलहरू सत्ता पक्ष र प्रतिपक्षको हिसाबले नभई सङ्कट समाधानका लागि सबै दल साझा धारणा बनाएर लाग्नुपर्ने बताए ।

पौडेलले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र छिटो सञ्चालनका लागि सरकारले कार्यविधि स्वीकृत गर्नुपर्ने बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए ।

Tags :
प्रतिक्रिया दिनुहोस