डोटीमा एसइई परीक्षाका लागि एक केन्द्र थप « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

डोटीमा एसइई परीक्षाका लागि एक केन्द्र थप


११ चैत्र २०७९, शनिबार


डोटी । चैत्र १७ गते देखि सञ्चालन हुने माध्यामिक शिक्षा परीक्षा (एसइई) का लागि डोटीमा एक परीक्षा केन्द्र थप गरिएको छ ।

एसइई परीक्षा सञ्चालनका लागि ११ वटा परीक्षा केन्द्र रहेको डोटीमा यस वर्ष देखि सायल गाउँपालिका वडा नम्बर ५मा रहेको ओम आधारभूत विद्यालय सुन्डमा नयाँ परीक्षा केन्द्र थप भए सँगै डोटीमा १२ वटा परीक्षा केन्द्र रहेको शिक्षा विकास तथा समन्वय इकाई डोटीका शाखा अधिकृत रामदत्त भट्टले बताए ।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि डोटीमा पद्म पब्लिक मुक्तिनारायण मावि सिलगढी, दिल्पेश्वर मावि दिपायल, सुजङ, बोर्डिङ स्कुल राजपुर, रामपुर मावि बुडर, राधाकृष्ण मावि गोप घाट, बर्छैन मावि बर्छैन, दुर्गा मावि लमौते, सरस्वती मावि सानागाँउ, शारदा मावि मौवा, झिमेमालीका मावि वायल, खत्याडी मावि खत्याडी चमराचौतारामा परीक्षा केन्द्रहरू राखिएका छन् भने नयाँ केन्द्रको रूपमा ओम आधारभूत विद्यालय सुन्डलाई राखिएको समेत शाखा अधिकृत भट्टले बताए ।

यस वर्षको एसइई परीक्षामा डोटीबाट ४ हजार ९ जना विद्यार्थिहरु सहभागी हुने भएका छन् । जसमा नियमित तर्फ छात्रा १ हजार ६ सय ५१, छात्र २ हजार १ सय २१ ग्रेट वृद्धि तर्फ छात्रा ३८ छात्र २४ रहेका छन् भने प्राविधिक घार तर्फ छात्रा ७० छात्र १ सय ५ जना विद्यार्थिहरु सहभागी हुने समेत शाखा अधिकृत भट्टले बताए ।

राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार एसइई परीक्षा चैत्र १७ गते देखि २९ गते सम्म सञ्चालन हुने जनाएको छ । परीक्षा बिहान ८ बजे देखि ११ बजे सम्म हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस