अहिलेको सरकारलाई सुझाव दिनु र भैँसीको अगाडि बीन बजाउनु उस्तै हो : केपी ओली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अहिलेको सरकारलाई सुझाव दिनु र भैँसीको अगाडि बीन बजाउनु उस्तै हो : केपी ओली


१० चैत्र २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सुझाव दिनु भनेको भैँसीको अगाडि बीन बजाउनु हो भन्दै कटाक्ष गरेका छन् ।

शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले आफूहरूले दिएको सुझावको मतलब नै नराख्ने गरेको बताए ।

ओलीले भने, ‘हुन त अहिलेको सरकारलाई सुझाव दिने भनेको हिन्दी उखान, भैँसके आगे बीन बझाए, भैँस रहे पगराए भने जस्तै छ । भैँसीको अगाडि बीन बजायो भने उग्राएर बस्छ । त्यो केही मतलब राख्दैन । त्यस्तै हो । अहिलेको सरकारलाई सुझाव दिने कुरा पनि । हिजो लुटेर लिएर जुत्ता लगाउनु र आज भन्सारतिरबाट लुट फर्स्योट गर्नु एउटै कुरा हो । तपाईँहरूको अघि मैले भने नि । ५०र५३ प्रतिशत त लुटेकै छ नि त । स्वदेशी उत्पादनले संरक्षण पाएको छैन अहिलेसम्म । त्यसलाई संरक्षण दिनुपर्छ । त्यसका लागि कच्चा पदार्थको सहज र सस्तोमा पाउने अवस्था र यसमाथिको भ्रष्ट हस्तक्षेप नेपाली उत्पादनमाथिको भ्रष्ट हस्तक्षेप त्यो व्यापारिक क्षेत्र र सरकारी क्षेत्र भएको छ । त्यसलाई रोक्नु पर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस