माधव नेपालको प्रश्न : पोखरा र गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक थियो ? « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

माधव नेपालको प्रश्न : पोखरा र गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक थियो ?


१० चैत्र २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पोखरा र गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अहिले नै बनाउनु नपर्ने बताएका छन् ।

शुक्रबार पार्टीको अर्थ योजना विभागले आयोजना गरेको कार्यक्रममा नेपालले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल भन्दा अगाडि निजगढ बनाउनुपर्ने बताएका छन् ।

पोखरा र गौतमवुद्ध विमानस्थलमा अर्बौँ रुपैयाँ लगानी भए पनि प्रतिफल नआएको उनको भनाइ छ ।

उनले भने, ‘पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको आज आवश्यकता थियो ? लुम्बिनीको जरुरी थियो ? त्यहाँ अर्बौँको खर्च भएको छ । त्यहाँ पैसा लगानी भएको छ । त्यो लगानीको प्रतिफल विचार गर्नुस् त । त्यसको ब्याज । त्यही पैसा यदि अर्को क्षेत्रमा लगानी गरेको भए त्यसको प्रतिफल प्राप्त हुन्थ्यो । उदाहरणका लागि निजगढमा विमानस्थल बनाएको भए निजगढको विमानस्थलले हाम्रो आवश्यकता पूर्ति गर्ने थियो । हामीले आवश्यकताको प्राथमिक करण पनि गर्दैनौँ । पुल निर्माणमा त्यस्तै छ । एउटा नदीमा दश वटा पुल छ । कुनै ठाउँमा एउटा पनि पुल छैन । कुनै पनि कुरामा दूरगामी सोचहरू पनि छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस