सुदूरपश्चिमकै पहिलो महिला सिडिओ जोशी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुदूरपश्चिमकै पहिलो महिला सिडिओ जोशी


१० चैत्र २०७९, शुक्रबार


काठमाडौँ । उपसचिव किरण जोशी सुदूरपश्चिम क्षेत्रबाट पहिलो महिला प्रमुख जिल्ला अधिकारी(प्रजिअ) बनेकी छन् । कञ्चनपुरमा जन्मिएकी जोशी सुदूरपश्चिमबाट पहिलो महिला सिडिओ बनेकी हुन् ।

कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागबाट जिल्ला प्रशासन कार्यालय दार्चुलामा सरुवा भएसँगै उनी सुदूरपश्चिमबाट पहिलो महिला सिडिओ बनेकी हुन् । गृह मन्त्रालयको २०७९ चैत्र ९ गतेको निर्णय अनुसार उनलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारीमा पठाइएको हो । शुक्रवार सरुवाको पत्र पाएकी उनी एक दुई दिनमै जिल्ला जाने तयारीमा छन् ।

सुदूरपश्मिबाट पहिलो महिला सिडिओ बन्न सफल भएकोमा खुसी लागेको उनले बताइन् । २०६१ सालमा खरिदारबाट निजामती सेवा प्रवेश गरेकी जोशीको पहिलो पोस्टिङ जिल्ला शिक्षा कार्यालय बैतडीमा भएको थियो । जोशीले २०६२ सालमा नायब सुब्बा, २०६७ सालमा अधिकृत र २०७७ सालमा उपसचिवमा नाम नाम निकालेकी थिइन् ।

जोशी कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १८ मा जन्मिएकी हुन् । उनको कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ का सिद्धराज जोशीसँग विवाह भएको थियो । जोशीका श्रीमान् पनि उपसचिव नै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस