सर्वसाधारण लागि खुला भयो रानीपोखरी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सर्वसाधारण लागि खुला भयो रानीपोखरी


१० चैत्र २०७९, शुक्रबार


काठमाडौँ । सर्वसाधारणको लागि रानीपोखरी पुनर्निर्माणपछि पहिलो पटक खुला गरिएको छ ।

महानगर प्रहरीले सरसफाइ गरेर आज शुक्रबारदेखि सर्वसाधारणको लागि रानीपोखरी खुला गरेको हो । रानीपोखरीमा अब सर्वसाधारण बिना टिकट जान पाउनेछन् ।

२०७२ सालको भूकम्पले क्षति पुगेपछि पुनर्निर्माण गरी रानीपोखरीलाई पुरानै स्वरूप दिइएको छ । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ पुस २०७८ मा महानगरलाई रानीपोखरी हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि खुला गरिएको थिएन ।

लामो समय बन्द हुँदा र मर्मतसम्भार पनि नहुँदा झारपात उम्रिएर रानीपोखरी कुरूप बनेको थियो । अहिले भने सरसफाइ गरेर रानीपोखरी चिटिक्क पारिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस