आइजीपी नियुक्ति गर्न मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आइजीपी नियुक्ति गर्न मन्त्रिपरिषद् बैठक बस्दै


१० चैत्र २०७९, शुक्रबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। नियमित तालिका अनुसार हिजो नै बैठक बस्नु पर्ने भए पनि आजलाई सारिएको हो।

अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)नियुक्त गर्ने जनाएको छ। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह भोलिबाट अवकाशमा जाने भएपछि नयाँ आईजीपी नियुक्त गर्न लागिएको हो।

सिंहको अवकाशसँगै ३० औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुबीच तीव्र प्रतिस्पर्धा छ । वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षकको दाबेदार छन् ।

यस पटकको प्रहरी महानिरीक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाहेको व्यक्ति हुनेछन् किनभने गृहमन्त्रीसमेत आफै भएकोले थप कुनै अल्झन व्यहोर्नु तथा प्रेसर महसुस गर्नुपर्ने छैन । यद्यपि करिब दर्जनौँ दलको गठ सरकार भएकोले कम्तीमा तीन वटा दलहरूसँग भने सामान्य सहमति जुटाउनु पर्ने हुनसक्छ । तर प्रणालीलाई अवलम्बन गर्ने हो फेरी प्रधानमन्त्री आफैले निर्णय गर्न सक्नेछन् जसबारे धेरै स्पष्टीकरण दिई रहन र कारण खुलाई रहन पर्नेछैन । 

Tags :
प्रतिक्रिया दिनुहोस