बाहिरबाट सेनाको सङ्ख्या यति उति हुनुपर्छ भन्नु हास्यास्पद हो : प्रधानसेनापति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बाहिरबाट सेनाको सङ्ख्या यति उति हुनुपर्छ भन्नु हास्यास्पद हो : प्रधानसेनापति


९ चैत्र २०७९, बिहिबार


पोखरा । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको सङ्ख्या यति हुनुपर्छ उति हुनुपर्छ भनेकोमा असन्तुष्टि जनाएका छन् ।

बिहीबार पोखराको फूलबारीमा पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै शर्माले आफूले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एनजिओ आई एनजिओले नेपाली सेनाको सङ्ख्या यति हुनुपर्छ उति हुनुपर्छ भनेर घोषणा गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले भने, ‘सञ्चारमाध्यम र समाजिक सञ्जालबाट प्रसारित हुने भ्रामक प्रचारबाजीबाट तपाईँहरू टाढा रहनुपर्छ । तपाईंहरुलाई जान्न इच्छा भए हाम्रो विभाग, नेपाल सरकारका आदेश तथा निर्देशनबाट प्रस्ट बुझ्न सकिन्छ । समय समयमा कसको इसारामा हो बाहिरबाट नेपाली सेनाको सङ्ख्या यति हुनुपर्छ उति हुनुपर्छ, यस्तो साइजको हुनुपर्छ भनेर नचाहिँदो नचाहिँदो कुराहरू पनि हुने गर्छ । यो हास्यास्पद हो भन्छु । कुनै वर्ग र केही अंशियारहरूले दुष्प्रचार गर्ने, उद्देश्यले अनर्गलका लागि र यसका प्रचारहरू हुने गरेको तयाईंहरुलाई थाहा छ । आफ्नो काम गर्दा कति चाहिने हो । नेपाल सरकारले निर्धारण गर्छ न कि कुनै आई एनजिओमा बसेर आफू स्वघोषित प्रज्ञा, स्वघोषित विज्ञ, सुरक्षा विज्ञ भन्ने होइन । यो नेपाल सरकारको काम हो।’

नेपाली सेनाको सङ्ख्या कति हुने भन्ने कुरा स्वयं नेपाल सरकारले घोषणा गर्ने र नेपाली सेनाले संविधानसम्मत निर्वाह गरिरहेका जिम्मेवारीहरूको बारेमा बेला मौकामा प्रश्न उठिरहेको पनि उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस