पत्रकारको लागि पत्रकारिता विकास कोष स्थापना गछौँ : प्रधानमन्त्री « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पत्रकारको लागि पत्रकारिता विकास कोष स्थापना गछौँ : प्रधानमन्त्री


९ चैत्र २०७९, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकारिता विकास कोष स्थापना गर्ने बताएका छन्।

आज सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) ले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमको पेशागत र भौतिक सुरक्षाको प्रत्याभूति गरिने बताएका हुन् ।

उनले सञ्चारमाध्यम सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिने बताए ।

उनले भने, ‘सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना तथा हुलदङ्गा वा आतङ्कको बीमा, साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिनेछ । सरकार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा व्यक्त जनादेशका आधारमा राजनीतिक व्यवस्थापनको कामसहित विकास र समृद्धिको यात्रामा द्रुततर रूपमा अगाडि बढ्ने सङ्कल्पमा छ । मैले दृढताका साथ सङ्कल्प गरेको छु, सम्पूर्ण तागतका साथ निराशा र आशङ्का चिर्दै आशाको रक्तसञ्चार गर्न, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्ने सरकारको अठोटमा दर्बिलो ऐक्यबद्धता र सहयोगको अपेक्षा गरेको छु।’

Tags :
प्रतिक्रिया दिनुहोस