भारतमा कांग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भारतमा कांग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय


९ चैत्र २०७९, बिहिबार


काठमाडौँ । भारतीय कांग्रेस आईका नेता राहुल गान्धीलाई अदालतले २ वर्षको जेल सजाय सुनाएको छ ।

बिहीबार गुजरातको सुरतस्थित अदालतले गान्धीलाई दुई वर्षको सजाय सुनाएको हो । यद्यपि उनी ३० दिनका लागि धरौटीमा रिहा भएका छन् ।

अदालतले दुई सालको सजाय गर्ने निर्णयविरुद्ध पुनरावेदन गर्ने अनुमतिसमेत दिएको छ । अर्थात् फैसला अनुसार गान्धी एक महिनासम्म पक्राउ पर्ने छैनन् । यो बीचमा उनले पुनरावेदन गर्न सक्नेछन् ।

सन् २०१९ मा गान्धीले कर्नाटकमा आयोजित एक चुनावी सभामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै ‘सभी चोरोँका सरनेम मोदी क्यूँ होता है रु’ भन्ने अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिका विरुद्ध भारतीय जनता पार्टीका विधायक पूर्णेश मोदीले गुजरातको सुरत अदालतमा मुद्दा दायर गरेका थिए । चार वर्षअघि दायर मुद्दामा अदालतले राहुललाई आज दोषी ठहर गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस