लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न माओवादी संसदीय दलको बैठक बस्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न माओवादी संसदीय दलको बैठक बस्दै


९ चैत्र २०७९, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले लुम्बिनीमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

माओवादीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीलाई दिएको समर्थन फिर्ता लिने भएको हो ।

समर्थन फिर्ता लिने निर्णय गर्न आज माओवादीले आज दिउँसो संसदीय दलको बैठक बोलाएको छ । दलको बैठकबाट एमाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिने माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए ।

पुस २८ मा माओवादी केन्द्रसहित लोसपा, नागरिक उन्मुक्ति, राप्रपा, लोसपा, जसपाको समर्थनमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बनेका थिए । तर केन्द्र सरकारमा एमाले र राप्रपा बाहिरिएपछि एमालेलाई समस्या परेको हो ।

माओवादीका ११ सांसदमध्ये ४ जनाले अहिलेकै सरकार निरन्तरता दिनुपर्ने पक्षमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस