लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै


९ चैत्र २०७९, बिहिबार


काठमाडौँ । आगामी वैशाख १० गते हुन लागेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन र सरकारमा सहभागिताका बारेमा निर्णय गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको लोसपा सरकारमा सहभागी हुने नेताको छनौटका बारेमा छलफल गर्ने बुझिएको छ ।

यस्तै बारा-२ मा हुन हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्नका लागि बैठक बोलाएको कार्यकारिणी समितिका सदस्य केशव झाले जानकारी दिए ।

लोसपाले बारा २ मा हुने उपनिर्वाचनमा नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारी गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस