घुस लिएको आरोपमा नायब सुब्बा पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

घुस लिएको आरोपमा नायब सुब्बा पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा


८ चैत्र २०७९, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँमा कार्यरत पाण्डेले सेवाग्राहीसँग ३० हजार घुस लिएको आरोपमा बुधबार आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

वैदेशिक रोजगार कसुरमा मिलापत्रपछि रोक्का भएको बैंक खाता पुन: सञ्चालन गर्नका लागि सेवाग्राहीसँग घुस/रिसवत लिएको आयोगले दाबी गरेको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालले जारी विज्ञप्तिमा पाण्डेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) खण्ड (ख) बमोजिमको कसुर गरेकोले ३० हजार नै बिगो कायम गरी जरिवाना र कैद माग दाबी गरी मुद्दा दायर भएको उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस