राष्ट्रियसभामा वार्षिक प्रतिवेदन पेस « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

राष्ट्रियसभामा वार्षिक प्रतिवेदन पेस


८ चैत्र २०७९, बुधबार


काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन पेस भएको छ ।

समितिका सभापति मायाप्रसाद शर्माले ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन ०७८/७९’ पेस गर्नुभएको हो ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको बेहोरा जानकारी गराएका थिए । त्यस्तै उनले सभाअन्तर्गत गठित विषयगत समितिमा रहने सदस्यको नाम मनोनयन गरिएको बेहोरासमेत सदनलाई जानकारी गराएका थिए ।

शोक प्रस्ताव पारित
बैठकले संविधानसभा सदस्य गणेशप्रसाद विमलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

संविधानसभा सदस्य विमलीको यही चैत ७ मा ७४ वर्षको उमेरमा निधन भएको हो । उनी २०७० सालमा नेपाली काँग्रेसका तर्फबाट संविधानसभा सदस्यका रूपमा निर्वाचित भएका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही चैत १२ गते आइतबार अपराह्न १ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस