प्रधानमन्त्री प्रचण्डले भने : सशस्त्र युद्धका बेला गरेका अन्तर्जातीय विवाह सम्बन्ध विच्छेदतिर गए « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्री प्रचण्डले भने : सशस्त्र युद्धका बेला गरेका अन्तर्जातीय विवाह सम्बन्ध विच्छेदतिर गए


८ चैत्र २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्धका बेला भएका अन्तरजातीय विवाह सम्बन्ध विच्छेदतिर गएको बताएका छन् ।

बुधबार राष्ट्रियसभा बैठकमा दलित समुदायमाथि भएको अपमान र विभेदविरुद्धको सङ्कल्प प्रस्तावमा उठेका प्रश्नको जवाफ दिँदै उनले विगतमा गर्वका साथ सुनाइने गरेको अन्तर्जातीय विवाह अहिले गर्वको विषय हुन छाडेको बताएका हुन् ।

उनले भने, ‘हामीले युद्ध वा आन्दोलनका बेलामा जे कुरा उठायौँ त्यही कुरा गर्वका विषय हुन बिस्तारै छाडे, आन्दोलन वा क्रान्तिका बेला गरिएका अन्तरजातीय विवाह सम्बन्ध विच्छेदतिर गए । जुन गर्वका साथ स्थापित गर्ने गरिन्थ्यो । त्यही स्तरका गर्वका विषय हुन छाडे ।’

प्रचण्डले अन्तरजातीय विवाह निरन्तर आन्दोलनको विषय भएको तर आन्दोलनसँगै संविधान, कानुन र समाजका अरु अवयव पनि सँगै अगाडि जान आवश्यक रहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस