‘संविधानले स्वतन्त्रतापूर्वक बोल्न पाउने अधिकार दिएको छ, प्रहरीले मुख थुन्न मिल्छ ?’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘संविधानले स्वतन्त्रतापूर्वक बोल्न पाउने अधिकार दिएको छ, प्रहरीले मुख थुन्न मिल्छ ?’


८ चैत्र २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय सभा सांसद डा.बिमला राई पौड्यालले प्रहरीले युवाहरूको मुख थुनेको विषयमा सरकारले जवाफ दिनु पर्ने बताएकी छिन्।

मङ्गलवार प्रधानमन्त्री दाहाल ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले बानेश्वरमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए। जसमा प्रहरीले युवाहरूको मुख थुनेर बोल्न नदिई उनीहरूलाई पक्राउसमेत गरेको थियो।

सोही विषयमा सांसद पौड्यालले यस बारेमा सरकारको जवाफ माग गरेकी छिन् ।

उनले संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको भन्दै मुख थुन्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ कि छैन ? भन्दै प्रश्न गरेकी छिन् ।

उनले भनिन्, ‘हिजोदेखि सञ्चार जगत र सामाजिक सञ्जालमा केही युवाहरू बोल्न खोजेको र केही प्रहरीहरूले उनीहरूको जबरजस्ती मुख थुनेको र घाँटी न्याकिरहेको देखिएको छ। लछारपछार पारिरहेको तस्बिर देखिरहेका छौँ। यी युवाहरूले के बोल्न खोजेका थिए र प्रहरीले त्यस्तो ज्यादती किन गरेको हो ? संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ। प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन ? यसो गर्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ कि छैन ? यो विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु र जवाफ माग गर्दछु।’

Tags :
प्रतिक्रिया दिनुहोस