लोकतन्त्रमा व्यक्तिगत फोन ट्यापिङ स्वीकार्य हुँदैन : शेखर कोइराला « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लोकतन्त्रमा व्यक्तिगत फोन ट्यापिङ स्वीकार्य हुँदैन : शेखर कोइराला


८ चैत्र २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले लोकतन्त्रमा व्यक्तिगत फोन ट्यापिङ स्वीकार्य नहुने बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सरकारले ल्याउन लागेको दूरसञ्चार विधेयकमा सरकारी अधिकारीले नै व्यक्तिको फोन ट्याप गर्ने प्रावधान राखेको समाचार सार्वजनिक भएपछि यस्तो बताएका हुन् ।

उनले भने, ‘लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन । विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ ।’

उनले नागरिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षासँग जोडिएको विषयमा राजनीतिक दल, मानवअधिकारकर्मी र नागरिक समाजको ध्यानाकर्षण गरेका छन् ।

उनले भने, ‘राष्ट्रिय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल, मानवअधिकारकर्मी, नागरिक समाज र प्रेस जगतको समेत ध्यान जाओस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस