नेविसंघको त्रिवि सभापतिमा तीन जनालाई मनोनयन गरिएको दुजाङको पत्र सार्वजनिक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेविसंघको त्रिवि सभापतिमा तीन जनालाई मनोनयन गरिएको दुजाङको पत्र सार्वजनिक


८ चैत्र २०७९, बुधबार


काठमाडौँ । नेपाल विद्यार्थी सङ्घका सभापति दुजाङ शेर्पाले त्रिभुवन विश्वविद्यालय इकाई सभापतिको पदमा एकै तीन जनालाई मनोनीत गरेको पत्र सार्वजनिक गरेका छन् ।

नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विष्णुबहादुर बडैला, दीपकराज जोशी र गणेश भण्डारीलाई अध्यक्षको जिम्मेवारी दिएको ब्यहोराको पत्र सार्वजनिक भएको हो ।

तर केन्द्रीय अध्यक्ष शेर्पाले भने अध्यक्षमा मनोनीत गरिएको भनिएका तीनै जना आधिकारिक नभएको बताएका छन् । केही दिनमा अध्यक्ष मनोनीत गरिने उनले बताए ।

अध्यक्ष शेर्पाले सुरुमा कैलालीका विष्णुबहादुर बडैलालाई अध्यक्षमा मनोनीत गरेका थिए । तर पछि दीपक र गणेशलाई पनि अध्यक्षमा मनोनीत गरेको पत्र सार्वजनिक भयो ।

चैत ७ गतेको मिति र अध्यक्ष शेर्पाको हस्ताक्षर भएको पत्रमा तीन महिनाभित्र समितिको अधिवेशन सम्पन्न गर्ने गरी विश्वविद्यालय समितिको अध्यक्षको जिम्मेवारी दिइएको उल्लेख छ ।

सभापति शेर्पाले रावल सभापति रहेको इकाई समिति भङ्ग गरेपछि त्रिविमा विवाद छ । नेविसंघका असन्तुष्ट पक्षले शेर्पाको राजीनामा माग्दै उनलाई सभापति स्वीकार गर्न मानेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस