पोखराबाट लागूऔषधसहित एक युवक पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पोखराबाट लागूऔषधसहित एक युवक पक्राउ


८ चैत्र २०७९, बुधबार


काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

कास्की प्रहरी र लागुऔषध नियन्त्रण व्यूरोको पोखरा शाखाबाट खटिएको टोलीले पोखरा महानगरपालिका–१३ का ३० वर्षका कृष्ण हमाललाई पक्राउ गरेको हो ।

उनको कोठाबाट नर्फिन २०७ एम्पुल, डाइजेपाम २०७ एम्पुल र फेनेरागन २०७ एम्पुल गरि कुल ६२१ एम्पुल लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका हमालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस