उपनिर्वाचनका लागि आजबाट दल दर्ताको प्रक्रिया सुरु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

उपनिर्वाचनका लागि आजबाट दल दर्ताको प्रक्रिया सुरु


८ चैत्र २०७९, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको आजबाट दल दर्ता सुरु गर्दैछ ।

आयोगले आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनको प्रयोजनका लागि ८ गते देखि चैत १२ गतेसम्म दल दर्ताको समय सीमा तोकेको छ । चितवन–२, बारा–२ र तनहुँ–१ मा वैशाख १० गते उपनिर्वाचन हुदैँछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मङ्सिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरेपछि चितवन–२ रिक्त हुन पुगेको थियो भने तत्कालीन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि बारा–२ मा संसद् पद रिक्त छ ।

यसैगरी, तनहुँ–२ वाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि सो स्थान रिक्त हुन पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस