उपनिर्वाचनबारे छलफल गर्न जसपाको कार्यकारिणी समिति बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपनिर्वाचनबारे छलफल गर्न जसपाको कार्यकारिणी समिति बैठक बस्दै


८ चैत्र २०७९, बुधबार


काठमाडौँ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक आज (बुधबार) बस्दैछ ।

बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने तयारी रहेको जसपाका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए । बैठकमा वैशाख १० गते प्रतिनिधि सभाअन्तर्गत तीन वटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारीलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने तयारी छ । आजको बैठकमा सोही विषयमा छलफल हुने बताइएको छ । यसैगरी बैठकमा सरकारमा पार्टीको सहभागिता र विधान अधिवेशनको विषयमा पनि छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस