आजको मौसम : तीन प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आजको मौसम : तीन प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना


८ चैत्र २०७९, बुधबार


काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिमी भू-भागमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू-भागका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। आगामी तीन दिन मौसममा सुधार आउने सङ्केत नदेखिएको मौसमविद्हरूले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस