विना तामझाममा राष्ट्रपति पौडेलको सवारी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

विना तामझाममा राष्ट्रपति पौडेलको सवारी


७ चैत्र २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल सामान्य सवारीमा टुँडिखेल पुगेका छन् ।

मङ्गलवार घोडेजात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रममा सहभागी हुन जाँदा राष्ट्रपति पौडेल बिना तामझाम त्यहाँ पुगेका हुन् । राष्ट्रपति पौडेल शीतल निवासबाट टुँडिखेल जाँदै गर्दा सडक पूरा खाली नगराई उनी त्यहाँ पुगेका थिए ।

सैनिक मञ्चको कार्यक्रम सकेर उनी फर्किदा केही बेर मात्र सडक खाली गराइएको थियो । उनको सवारी अगाडि बढेपछि अन्य सवारी साधनहरू चल्न थालेका थिए ।

कार्यविधिमा प्रहरी वार्निङ मोटरसाइकल, अगुवा जिप, अति विशिष्ट व्यक्ति सुरक्षा निरीक्षक अगुवा कार, पछाडि अति विशिष्ट व्यक्ति सुरक्षा निरीक्षण पछुवा कार, जगेडा कार, प्रहरी अतिरिक्त महानिरीक्षकको कार, एम्बुलेन्स, प्रहरी पछुवा जिप र प्रहरी पछुवा मोटरसाइकल, राष्ट्रपतिको गाडीको दायाँ बायाँ ३/३ वटा आउट राइडर्स हुने व्यवस्था रहेको छ ।

गृह मन्त्रालयले बनाएको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिअनुसार राष्ट्रपतिको औपचारिक समारोहको सवारीमा १६ वटा सवारीसाधन प्रयोग हुने व्यवस्था रहेको छ । तर राष्ट्रपति पौडेलले एउटा अगुवा, पछुवा र जगेडा गाडी गरी ४ वटा मात्रै सवारी साधन प्रयोग गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस