हरेक मन्त्रालयमा सचिवसरहको १ जना साइबर विज्ञ राख्नुपर्ने माग « प्रशासन
Logo १५ जेष्ठ २०८०, सोमबार
   

हरेक मन्त्रालयमा सचिवसरहको १ जना साइबर विज्ञ राख्नुपर्ने माग


७ चैत्र २०७९, मंगलबार


काठमाडौँ । सांसदहरूले साइबरसम्बन्धी विज्ञहरू प्रत्येक मन्त्रालयमा राख्नुपर्ने बताएका छन्।

सोमबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरूले सरकारले हरेक मन्त्रालयमा साइबरसम्बन्धी प्राविधिक विज्ञहरू राख्नुपर्ने बताएका हुन्।

उनीहरूले प्रविधिको प्रयोग गरी अपराधिक गतिविधि गर्नेहरू बढेको भन्दै सरकारले हरेक मन्त्रालयमा सचिवसरहको एक जना विज्ञ राख्नुपर्ने धारणा राखेका छन् ।

सांसद्हरुले साइबर अपराधलाई समयमा नै निर्मूल पार्न आवश्यक जनशक्तिको पूर्ति गर्न पनि सरकारसँग माग गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस