विमानले क्षमताभन्दा बढी लोड बोकेपछि चालक दललाई प्राधिकरणले सोध्यो प्रष्टीकरण « प्रशासन
Logo १६ जेष्ठ २०८०, मंगलबार
   

विमानले क्षमताभन्दा बढी लोड बोकेपछि चालक दललाई प्राधिकरणले सोध्यो प्रष्टीकरण


७ चैत्र २०७९, मंगलबार


काठमाडौँ । नेपाल एयरलाइन्सका विमान चालक दलका सदस्य कारबाहीमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले क्षमताभन्दा बढी लोड बोकेको भन्दै चालक दलका सदस्य कारबाही गरेको हो ।

ताप्लेजुङबाट काठमाडौँ आएको नेपाल एयरलाइन्सको विमानले क्षमता भन्दा १ सय ७ केजी बढी सामान बोकेपछि प्राधिकरणले चालक दलका सात जनालाई प्रष्टीकरण सोधेको हो। तत्कालका लागि उनीहरूलाई काम गर्नबाट समेत रोक लाइएको (ग्राउन्डेड) गरेको छ।

प्राधिकरणले चालक दलका तीन जना, निगमको मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई ग्राउन्डेड गरेको हो। घटनाबारे थप छानबिन गरिने भइरहेको प्राधिकरणले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस