रोकिएका क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रोकिएका क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न निर्देशन


७ चैत्र २०७९, मंगलबार


काठमाडौँ । निर्वाचन हुन नसकेका क्याम्पसहरूलाई तत्काल निर्वाचन सम्पन्न गर्न स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले निर्देशन दिएको छ ।

समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीले निर्वाचन सम्पन्न हुन बाँकी भएका १३ आङ्गिक कलेजलाई तत्काल निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको बताए । काठमाडौँ उपत्यकाभित्रका ७ र बाहिरका ६ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुन बाँकी छ ।

काठमाडौँका २२ आङ्गिक क्याम्पसहरूमध्ये अस्कल, त्रिचन्द्र, आरआर, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर र पाटन गरी ७ क्याम्पसमा र काठमाडौं उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका क्याम्पसमा पनि स्ववियु निर्वाचन स्थगित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस