सञ्चार मन्त्री रेखा शर्मा भारत प्रस्थान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सञ्चार मन्त्री रेखा शर्मा भारत प्रस्थान


७ चैत्र २०७९, मंगलबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा भारत प्रस्थान गरेकी छिन् । मन्त्री शर्मा मङ्गलवार विभिन्न कार्यक्रममा भाग लिन भारत प्रस्थान गरेकी हुन् ।

मन्त्री शर्मा बुधबार र बिहीबार नयाँ दिल्लीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने छिन् । शर्मा बुधबार अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू)को क्षेत्रीय कार्यालय उद्घाटनमा सहभागी हुने कार्यक्रम छ । नयाँ दिल्लीमा स्थापना भएको आईटीयू एसिया प्रशान्त क्षेत्रीय कार्यालय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रम छ ।

सो कार्यक्रममा विभिन्न देशका सञ्चार मन्त्री सहभागी हुनेछन् । त्यस्तै मन्त्री शर्मा बुधबार नै विभिन्न देशका मन्त्रीहरू सहभागी हुने मन्त्री स्तरीय संवादमा सहभागी हुनेछिन् ।

बिहीबार मन्त्री शर्माले भारतीय समकक्षी अश्विनी वैष्णवसित दुई पक्षीय भेटवार्ता गर्ने र शुक्रबार दिउँसो स्वदेश फिर्ता हुने कार्यक्रम रहेको मन्त्री शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए । मन्त्री शर्मा भारतस्थित नेपाली दूतावास र त्यहाँस्थित नेपाली समुदायले गर्ने कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम छ।

Tags :
प्रतिक्रिया दिनुहोस