२ महिना नपुग्दै डाक्टरको सरुवा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

२ महिना नपुग्दै डाक्टरको सरुवा


७ चैत्र २०७९, मंगलबार


बाजुरा । जिल्ला अस्पताल बाजुरामा कार्यरत एमडीजीपी डाक्टर प्रेरित देवकोटाको सरुवा भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत तीन वर्षपछि आएका डाक्टर देवकोटाको २ महिना नपुग्दै सरुवा गरेको हो ।

डाक्टर देवकोटाको सरुवा भएपछि अहिले जिल्ला अस्पताल बाजुरामा उपचार सेवा प्रभावित भएको छ ।

जिल्ला अस्पताल बाजुरा तीन वर्षसम्म एमडीजीपी डाक्टर विहीन भएको थियो । गत पुस १४ गते डाक्टर देवकोटा तेह्रथुमबाट सरुवा भएर आएका थिए । तर उनी आएको २ महिना नबित्दै मन्त्रालयले सरुवा गरेर बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा पठाएको छ ।

डा. देवकोटाको फागुन २५ गते सरुवा भएको हो ।

सम्बन्धित समाचार : ३ वर्षपछि एमडीजीपी डाक्टर बाजुरामा

Tags :
प्रतिक्रिया दिनुहोस