चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन


७ चैत्र २०७९, मंगलबार


काठमाडौँ । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् ।

मङ्गलवार रङ्गशालाबाट सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारणमा जोडिएका उनले सरकारले निर्णय देला र हरहिसाब सार्वजनिक गरौँला भनेर बस्दाबस्दै डेढ वर्ष बितेको बताए । एकपछि अर्को समिति बन्दा पनि निर्णय नभएको भन्दै धुर्मुसले भने, ‘सरकार भनेको अभिभावक हो, अभिभावकले सन्तानलाई माया दिन्छ होला भनेको, रुँदै हिँड्नुपरेको छ ।’

‘देशका लागि काम गर्दाको सजाय यति कठोर होला भन्ने कल्पना समेत गरेको थिएन । म बिन्ती गर्छु, यदि मेरो खोट छ भने निर्णय होस्’ उनले भने ।

धुर्मुसले रङ्गशाला निर्माण गर्न सहयोग गर्नेहरूलाई पनि धन्यवाद दिएका छन् । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्षसमेत रहेका धुर्मुसले भने, ‘कोही कसैलाई हाम्रो हिसाब चित्त बुझेको छैन भने एक पटक रङ्गशाला आइदिनुस् । तपाईँले गरेको सहयोग बराबर संरचना बनेको ठहर्‍याएर म मर्न तयार छु । तर मलाई पलपल नमारिइदिनुस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस