स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालय « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालय


७ चैत्र २०७९, मंगलबार


धुलिखेल । समुदायसँग सम्बन्ध बिस्तार गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालयले काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय तहमा स्थलगत भ्रमण तथा अवलोकन सुरु गरेको छ ।

समुदायका समस्या र आवश्यकता पूरा गर्न विश्वविद्यालयमा भएका प्राज्ञिक जनशक्तिमार्फत समाधान गरी समुदायको स्तरोन्नति गर्ने उद्देश्यले अभियान सुरु गरिइएको हो । जसअन्तर्गत हालसम्म अधिकांश स्थानीय तहको भ्रमण सम्पन्न भइसकेको विश्वविद्यालय सामुदायिक सम्बन्ध विस्तार महाशाखाका निर्देशक किशोर खनालले बताए ।

समाज र विश्वविश्वद्यालयको सयुक्त पहलमार्फत स्थानीय तहका समस्या समाधान हुने भन्दै उनले समुदाय र विश्वविद्यालयबीचको सम्बन्ध बिस्तारका महाशाखाले पुलको काम गरिरहेको बताए ।

स्थानीय तहमा भएका विज्ञान तथा प्रविधि, शिक्षा, कानुन तथा इन्जिनियरिङ विषयसँग सम्बन्धित समस्या समाधानका लागि विश्वविद्यालयका प्राज्ञिक तहबाटै समाधानको पहल गरिने उनको भनाइ छ । समुदाय र विश्वविद्यालय साझा उद्देश्य निर्माण गरी एकैसाथ अघि बढे सबैको हित हुने उनको जिकिर छ ।

विश्वविद्यालयले स्थानीय तहसँगको सहकार्यमा समुदायका समस्या माधानका लागि जनप्रतिनिधिसँग पनि छलफल गरिरहेको छ ।

यसै अवसरमा बेथानचोक गाउँपालिकाले टनेल इन्जिनियरिङका विश्वविद्यालयले प्राविधिक सहयोगका लागि अनुसन्धान सुरु गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस