भोजपुर क्याम्पसमा अनेरास्ववियुका निसान विजयी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भोजपुर क्याम्पसमा अनेरास्ववियुका निसान विजयी


७ चैत्र २०७९, मंगलबार


भोजपुर । भोजपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा एमालेनिकट अनेरास्ववियु विजयी भएको छ ।

गठबन्धनबाट उम्मेदवार बनेका नेविसंघका सञ्जय ढकाललाई ३१ मतले पछि पार्दै अनेरास्ववियुका निसान राई विजयी भएका छन् ।

निसानले २४२ मत ल्याउँदा ढकाल २११ मत प्राप्त गरेका थिए ।

त्यस्तै, सचिवमा सोवित तामाङ, कोषाध्यक्षमा विक्रम तामाङ, अन्य सदस्यमा शम्भुराज राई, श्रद्धा राई, विष्णुप्रसाद लुइँटेल र सुनिता राई निर्वाचित भएका छन् ।

भोजपुरको दुई वटै क्याम्पस भोजपुर क्याम्पस र षडानन्द क्याम्पसमा अनेरास्ववियुले जितेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस