सुनचाँदीको मूल्यमा सामान्य वृद्धि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


७ चैत्र २०७९, मंगलबार


काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आज सुनको मूल्य तोलामा ५०० सयले बढेर तोलामा १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा पाँच सयले बढेर तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १३ सय ३० रुपैयाँ थियो ।आज भने १३ सय ४० रुपैयाँ पुगेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस