उपत्यकामा आज सार्वजनिक बिदा, बैंक तथा वित्तीय संस्था भने खुला रहने « प्रशासन
Logo १६ जेष्ठ २०८०, मंगलबार
   

उपत्यकामा आज सार्वजनिक बिदा, बैंक तथा वित्तीय संस्था भने खुला रहने


७ चैत्र २०७९, मंगलबार


काठमाडौँ। घोडे जात्राको अवसरमा काठमाडौँ उपत्यकामा आज मंगलबार सरकारले सार्वजनिक बिदा दिएको छ । आज सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्था भने खुल्लै रहने भएका छन्।

काठमाडौँ उपत्यकाबाहिर हुने कारोबार समेतलाई ध्यानमा राखेर नेपाल राष्ट्र बैङ्कले बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।

राष्ट्र बैङ्कले बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस