पारस खड्का आबद्ध एसिया लायन्स च्याम्पियन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पारस खड्का आबद्ध एसिया लायन्स च्याम्पियन


७ चैत्र २०७९, मंगलबार


काठमाडौँ । कतारमा जारी रहेको लिजेन्डस् क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आबद्ध एसिया लायन्स च्याम्पियन बनेको छ ।

कतारको दोहा स्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा सोमबार राती भएको फाइनल खेलमा लायन्सले वल्र्ड जायन्ट्सलाई ७ विकेटले पराजित गरेको थियो ।

वल्र्ड जायन्ट्सले दिएको १ सय ४८ रनको लक्ष्य एसिया लायन्सले १६ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

एसियाको जितमा ओपनरहरू तिलकरत्ने दिल्शान र उपुल थारंगाले अर्धशतकीय ईनिङ खेले । उनीहरुबीचमा पहिलो विकेटका लागि १ सय १५ रनको साझेदारी समेत भएको थियो ।

दिल्शानले ४२ बलमा ५८ रन बनाए । उनले ८ चौका प्रहार गरेका थिए । अर्का ओपनर थारंगाले २८ बलमा ५७ रन बनाए । उनले ५ चौका तथा ३ छक्का प्रहार गरेका थिए ।

मिस्बा उल हक तथा मोहम्मद हाफिज समान ९/९ रनमा अविजित रहे । जायन्ट्सका लागि मोन्टि पेनिसर,समिति पटेल र ब्रेट लीले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जायन्ट्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।

जायन्ट्सका लागि ज्याकक्विस कालिसले ५४ बलमा अविजित ७८ रनको अर्धशतकीय ईनिङ खेले । कालिसले ५ चौका र ३ छक्का प्रहार गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस