आजको मौसम : पहाडी भू-भागमा चट्याङ्गसहित वर्षाको सम्भावना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आजको मौसम : पहाडी भू-भागमा चट्याङ्गसहित वर्षाको सम्भावना


७ चैत्र २०७९, मंगलबार


काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा चट्याङसहित वर्षा भइरहेको छ।

त्यस्तै, आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित असिना पानी पर्ने सम्भावना रहेको छ। यो क्रम राति पनि जारी रहनेछ ।

बुधबार कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। केही दिन देशको मौसम प्रतिकुल रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस